

बाजुरामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

बाजुरा – बाजुरामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्लाको हिमाली गाउँपालिका–६ धुलाचौर नजिकै बोलेरो जीप दुर्घटना भएको हो ।
बिहीवार धुलाचौरबाट कोल्टीतर्फ आउँदै गरेको लु १ ज ४८२९ नम्बरको बोलेरो जीप धुलाचौर बजार नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
मृत्यु हुनेमा मुगु जिल्लाको खत्याड गाउँपालिका–९ का अन्दाजी २७ वर्षीय मदन सार्की रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक किशोरसिंह ऐरीले जानकारी दिए ।
उनलाई उपचारका लागि कोल्टी प्राथमिक स्वास्थ्य चौकीमा पुर्याइएको र त्यस लगत्तै अस्पतालले मृत घोषणा गरेको प्रहरी निरीक्षक ऐरीले बताए । जीपमा सवार जिल्लाको गौमुल गाउँपालिका–३ का अन्दाजी १८ वर्षीय बसन्त धामी घाइते भएका छन् । उनको खुट्टामा चोक लागेको र अवस्था सामान्य रहेको प्रहरी निरीक्षक ऐरीले बताए ।
जीप चालक खत्याड गाउँपालिका-९ का दलबहादुर लावणलाई प्रहरीको नियन्त्रण लिइसकेको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

