

यस्तो छ नेपाल प्रहरीले बनाएको भिडियो, जो बन्यो इन्टरपोलको प्रतिस्पर्धामा सर्वोत्कृष्ट

काठमाडौं – अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल)ले आयोजना गरेको ‘इन्टरपोल १०० ग्लोबल भिडिओ कन्टेस्ट फर योङ पोलिस लिडर्स’ प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट भएको छ ।
मंसिर १२ देखि अष्ट्रियाको भियनामा आयोजना भइरहेको इन्टरपोलको ९१औं महासभाको पहिलो दिन उक्त प्रतियोगितामा सहभागी इन्टरपोलका १९५ सदस्य राष्ट्रहरूमध्ये नेपाल सर्वोत्कृष्ट घोषित भएको हो ।
उक्त ‘लेट्स सेभ द प्लानेट-इन्टरपोल १००’ शिर्षक दिइएको भिडियो नेपाल प्रहरीका प्रहरी निरीक्षकद्धय नारायण थापा र उमेश गुरुङ श्रेष्ठले तयार पारेका थिए ।

