

१२ कठ्ठामा लगाइएको गाँजा खेती प्रहरीले फडानी गर्यो

बारा – सिम्रौनगढ नगरपालिका वडा नम्बर २ र ७ मा गरिएको गाँजा खेती प्रहरीले नष्ट गरेको छ ।
जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय सिम्रौनगढ बाट खटिएको प्रहरी टोलीले २० स्थान गरी १२ कठ्ठामा लगाइएको गाँजा खेती फडानी गरेको हो । नेपालमा गाँजा खेती गर्न प्रतिबन्ध छ ।

