डा. भट्टराईलाई क्यान्सर नभएको चिकित्सकको निष्कर्ष, ट्युमरको शल्यक्रिया छिटो गर्न सुझाव


काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको न्युरो–इन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको चिकित्सकहरुले बताएका छन्।

भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेका अनुसार चिकित्सकहरूले न्युरो–इन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको निष्कर्ष निकालेका हुन्।

तर उक्त ट्युमरको छिटो शल्यक्रिया गर्नुपर्ने सल्लाह चिकित्सकहरुले दिएको पाण्डेले बताएका छन्।

दुई–तीन महिनाभित्रै ट्युमरको शल्यक्रिया गरी निकाल्नुपर्ने चिकित्सकहरुले सल्लाह दिएको उनले बताए।

योसँगै स्वास्थ्य उपचारका लागि दिल्लीमा रहेका भट्टराई मंगलबार स्वदेश फर्कने भएका छन्।

 

प्रतिक्रिया