
त्रिशुलसहित प्रसाईको आन्दोलनमा सहभागी आचार्य श्रीनिवास पक्राउ
काठमाडौं – दुर्गा प्रसाईंको नागरिक बचाऊ अभियानअन्तर्गतको आन्दोलनमा सहभागी भएका धर्मगुरु आचार्य श्रीनिवास पक्राउ परेका छन् ।
प्रसाई समर्थित समर्थकहरुले सोमबार गौशालामा गरेको प्रदर्शनका क्रममा धर्मगुरु आचार्य श्रीनिवास पक्राउ परेका हुन् ।
त्रिशूलसहित सडकमा निस्किएका उनलाई उग्र अभिव्यक्ति दिएर उत्तेजना फैलाएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो । प्रसाईँको आव्हानमा आज गौशालामा धार्मिक अभियान्तासहितको जुलुश निकालिएको थियो । त्यसमा आचार्य श्रीनिवास पनि सहभागी भएका थिए । श्रीनिवासले सडकमै सुतेर विरोध जनाएका थिए ।
गौशालाको मूल सडक नै कब्जा गर्ने क्रममा प्रसाईँ समर्थकलाई प्रहरीले बल प्रयोग गरेको थियो ।
प्रदर्शनकारीले ढुंगामुढा गर्न थालेपछि प्रहरीले केहीलाई पक्राउ गरेको छ ।



कागजपत्र |
