स्रोत नखुलेको करिब १६ लाख रूपैयाँसहित भारतीय नागरिक पक्राउ


काठमाडौं – काठमाडौं महानगरपालिका-१४ बल्खुबाट स्रोत नखुलेको रकम १५ लाख ८४ हजार ५ सय रूपैयाँसहित काठमाडौं सतुङगल डेरा गरी बस्ने भारत मोतिहारी घर भएका २२ वर्षीय हामित खानलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग बल्खुबाट खटिएको प्रहरीले बा.प्र०२-१७ प ९७५१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त रकमसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनसुन्धान गरिरहेको छ ।

प्रतिक्रिया