


कांग्रेस केन्द्रीय लेखा समितिले पायाे पूर्णता

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय लेखा समितिले पूर्णता दिएका छन् । केन्द्रीय सदस्य श्याम घिमिरेको संयोजक रहेका समितिलाई सभापति देउवाले सोमबार पूर्णता दिएका हुन् ।
सभापति देउवाले समितिमा चार सदस्य थपेका छन् । धनुषाका दिलीप ढुङ्गाना, अर्घाखाँचीका डा.डेविड बस्याल, मकवानपुरका अनन्त कार्की र सिन्धुलीका अनन्त कार्कीलाई सदस्यमा मनोनित गरिएको छ ।
कांग्रेस नेता दीपकुमार उपाध्याय लेखा समितिको संयोजक हुँदा ढुङ्गाना सदस्य थिए ।

