


धनगढी उडेको श्रीएयरको जहाजको इन्जिनमा एउटा आगो लागेपछि फर्काइयो

काठमाडौं – काठमाडाैंबाट धनगढीका लागि उडेको श्रीएयरको जहाजको एउटा इन्जिनमा आगो लागेपछि काठमाडौं नै फर्काइएको छ ।
आगो देखिएको इन्जिन बन्द गरी अर्काे इन्जिन सञ्चालन गरेर जहाज काठमाडौं फर्काइएको जनाइएको छ । ७५ यात्रुसहित काठमाडौंबाट दिउँसो ३ः४३ मा उडेको जहाज ४ः२३ मा काठमाडौं फर्किएको थियो ।
यात्रुलाई अर्को जहाजमार्फत धनगढी लगिएको थियो ।

