


प्रसाईंका समर्थक चौकीमा, आफू घरमै ‘नजरबन्द’ !

काठमाडौं – दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’को समर्थनमा निस्किएकाहरुलाई प्रहरीले धमाधम पक्राउ गरेको छ ।
प्रसाईंले प्रदर्शन स्थल घोषणा गरेको काठमाडौँको तीनकुनेबाट अहिलेसम्म २६ जनालाई पक्राउ गरिएको जनाइएको छ ।
प्रहरीले शाही युवा शक्तिका अध्यक्षलगायत अन्य विभिन्न प्रसाईं समर्थित संगठनका पदाधिकारीलगायत प्रदर्शनका लागि तीनकुने पुगेकालाई पक्राउ गरेको छ भने सो बाटो प्रयोग गरि हिँड्ने यात्रुहरुलाई समेत सोधपुछ गरिरहेको छ । साथै प्रहरीले हतियार लुकाएको आशंकामा कतिपय पसलहरुमा समेत खानतलासी लिएको छ ।
यता तिनकुनेबाट कार्यकर्ताहरु धमाधम पक्राउ परिरहेका छन् भने प्रसाईलाई भने घरमै नजरबन्दमा राखिएको छ ।
प्रसाईंले दोस्रो दिन आजदेखि तीनकुनेबाट प्रदर्शनको घोषणा गरेपछि पदर्शन रोक्न तीनकुने क्षेत्रमा व्यापक प्रहरी परिचालन गरेको छ भने प्रसाईंलाई घरबाट बाहिर निस्कन दिइएको छैन ।

