दुर्गा प्रसाईलाई नजरबन्दमा राख्ने तयारी !


काठमाडौं – सकारले दुर्गा प्रसाईलाई नजरबन्दमा राख्ने तयारी गरेको छ ।

गृहमन्त्रालय स्रोतका अनुसार उनलाई भक्तपुरस्थित निवासमै नजरबन्दमा राख्ने तयारी गरिएको हो । अहिले उनको निवास वरपर प्रहरीले पहरा दिइरहेको छ ।

बिहीबारको प्रदर्शनपछि अनिश्चितकालिन प्रदर्शनको तयारी गर्दै प्रसाईले आज (शुक्रबार) प्रदर्शनका लागि तीनकुनेमा उपस्थित हुन अनुरोध गरेपछि सरकारले उनलाई घरभित्र मात्रै बस्न पाउने गरी नजरबन्दको तयारी गरेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया