सेनाका उपरथी ताराध्वज पाण्डेको राजीनामा स्वीकृत


काठमाडौँ – नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले दिएको राजीनामा स्वीकृत भएको छ ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले उनको राजीनामा स्वीकृत गरेको हो ।

नागरिकताको विवाद देखिएपछि उनले व्यक्तिगत कारण दर्शाइ आफ्नो पदबाट गत कात्तिक २४ गते राजीनामा दिएका थिए ।

सोही मितिदेखि लागु हुने गरी राजीनामा स्वीकृत भएको सरकारको प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

प्रतिक्रिया