नागदहमा तैरिरहेको अवस्थामा भेटियो निरजको शव


ललितपुर – ललितपुरको नागदहमा एक पुरूषको शव फेला फेला परेको छ।

ललितपुर महानगरपालिका-२४ धापाखेलस्थित नागदह पोखरीमा मंगलबार बिहान एक पुरूषको शव फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शिद्धिविक्रम शाहले बताए।

उक्त शव हरिसिद्धीका २७ वर्षीय निरज खड्गीको रहेको प्रहरीले जनाएको छ। मंसिर १ गते‍देखि सम्पर्कबिहीन रहेका खड्गीको शव नागदहमा तैरिरहेको अवस्थामा फेला परेको थियो।

शव पोष्टमर्टम गर्न पाटन अस्पताल लगिएको छ।

 

प्रतिक्रिया