दुर्गा प्रसाई VS महेश बस्नेतः दुवैले माइतीघरमा प्रदर्शन गर्न नपाउने, मंसिर ७ गते माइतीघरमा निषेधाज्ञा !


काठमाडौं – जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंसिर ७ गते नेकपा एमालेनिकट युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईंको कार्यक्रम माइतीघर मण्डलामा गर्न नदिने निर्णय गरेको छ।

प्रमुख जिल्ला अधिकारी (सिडिओ) जितेन्द्र बस्नेतले सोमबार दुवै पक्षसँग छलफल गरेको जनाउँदै दुवै पक्षले शान्ति सुरक्षा कायम राख्नेबारे लिखित रूपमा प्रतिबद्धता जनाएको पनि बताए।

‘उहाँहरूले लिखित रूपमा शान्तिपूर्ण ढंगबाट प्रदर्शन गर्न सुरक्षाको व्यवस्था मिलाइदिनु भन्नुभएको छ,’ सिडिओ बस्नेतले भने।

दुवै पक्षले मंसिर ७ गते माइतीघर मण्डलामा प्रदर्शन गर्ने बताउँदै आएको छ।

दुई पक्षको प्रदर्शन एकै स्थानमा गर्दा शान्ति सुरक्षामा खलल पुग्ने जनाउँदै दुवै पक्षलाई फरक फरक स्थानमा कार्यक्रम गर्नका लागि प्रशासनले सुझाव दिएको छ । कुनकुन ठाउँमा कार्यक्रम गर्ने भन्नेबारे पनि निर्णय नभइसकेको जनाउँदै प्रशासनले माइतीघरमा निषेधाज्ञा नै लगाउने पनि छलफल गरेको छ।

 

प्रतिक्रिया