


टिकटक प्रतिबन्धविरूद्धको रिट ‘हेर्न नभ्याइने’मा

काठमाडौं – टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध दायर भएका रिट हेर्न नभ्याइनेमा गएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश डा.कुमार चुडाको एकल इजलासमा परेको उक्त रिट हेर्न नभ्याइनेमा पुगेको हो ।
सर्वोच्च अदालतका अनुसार टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा १० वटा रिट दर्ता भएका छन् ।
सरकारले सार्वजनिक शिष्टाचारविरुद्धका सामाग्री टिकटकले नहटाएको र प्रयोगकर्ताको विवरण सरोकारवालालाई उपलब्ध नगराएको भन्दै नेपालमा टिकटकमाथि प्रतिबन्ध लगाएको थियो ।

