इन्जिनियर र डकर्मीसहितको टोली जाजरकोट र रूकुम पठाउँदै कांग्रेस


काठमाडाैं – जाजरकोट भूकम्पपीडितका लागि नेपाली कांग्रेसले टहरा बनाउन श्रमदान गर्ने भएको छ।

टहरा बनाउन इन्जिनियर र डकर्मीसहित स्वयमसेवक टोली जाजरकोट र रूकुम पश्चिम पठाउने धुम्बाराहीमा सोमबार बिहान बसेको पदाधिकारी बैठकले निर्णय गरेको हो।

बैठकले जाजरकोट र रूकुम पश्चिममा भूकम्पपीडितलाई टहरा बनाउन २५ वटा स्वयमसेवक टोली पठाउने निर्णय गरेको जनाइएको छ ।

टोलीमा एक जना इन्जिनियर, एक जना डकर्मी र एक जना व्यवस्थापकका साथै १० जनाको टोली पठाइने पनि जनाइएको छ ।

प्रतिक्रिया