विकासका नाममा प्रतिगमन विरूद्ध वृहत नागरिक आन्दोलनद्वारा काठमाडौं महानगर घेराउ


काठमाडौँ – सरकारले विकासका नाममा प्रतिगमन जारी गरेको भन्दै वृहत् नागरिक आन्दोलनले त्यसकोविरूद्ध काठमाडौँ महानगरको कार्यालय घेराउ गरेको छ।

आज (आइतबार) वृहत् नागरिक आन्दोलन र उपत्यकाव्यापी सडक विस्तारपीडित संघर्षसमितिले महानगर कार्यालय घेराउ गरेका हुन्।

उनीहरुले सरकारले जारी गरेका विकासका आयोजनाहरुले सामाजिक धार्मिक र मौलिक परम्परहरु धरापमा पार्ने काम भएको भन्दै कमलपोखरीमा कंकिट प्रयोग गर्न नपाउने र मातृभाषा प्रयोग गर्न पाउनुपर्नेलगायत माग गरेका छन्। उनीहरूले ‘सम्पदा मास्ने भूत भगाऔं कमल पोखरी जोगाऔं’ जस्ता प्लेकार्डसहित धर्ना दिएका हुन्।

बालाजु सडक विस्तारका नाममा आदीबासीलाई सुकुम्बासी बनाउन नपाइने आन्दोलनकारीको माग छ । धर्नामा उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समिति र नेवाः देय दबुका प्रतिनिधिहरु पनि सहभागी भएका थिए । बालाजु बाइपासमा उठिबास गरिएका स्वबासीहरूलाई सोही स्थानमा पुनर्स्थापना गराउनुपर्ने माग पनि उनीहरूको छ।

‘नागरिकलाई सडकछाप बनाउने कस्तो नीति, कस्तो सरकाररु’ लगायत विभिन्न प्लेकार्डसहित उनीहरूले माहानगर परिसरमा धर्ना दिएका छन्।

प्रतिक्रिया