

इन्दुले कप्तानी सम्हालेपछि पहिलोपटक क्रिकेट खेल्न आज हङकङ जाँदै नेपाली महिला टिम

काठमाडौं – नेपाली राष्ट्रिय महिला क्रिकेट टिम आज हङकङ प्रस्थान गर्दैछ । हङकङमा हुने चारदेशीय शृंखला खेल्न टोली दिउँसो ३ः४५ बजे त्यसतर्फ उड्ने छ ।
इन्दु बर्माले नेपाली महिला टिमको कप्तानी सम्हालेपछि पहिलोपटक विदेश क्रिकेट खेल्न जान लागेको हो ।
नेपाल क्रिकेट संघ (क्यान) का अनुुसार शृंखला कात्तिक २९ देखि मंसिर ३ गतेसम्म सञ्चालन हुनेछ । शृंखलाका सबै खेल हङकङ क्रिकेट क्लबको मैदानमा आयोजना गरिएको छ ।
शृंखलाको पहिलो खेलमा नेपालले तान्जेनियाको सामना गर्नेछ । नेपाल र तान्जेनियाबीचको खेल कात्तिक २९ गते हुनेछ ।
नेपालले कात्तिक ३० गते आयोजक हङकङ र मंसिर २ गते जापानको सामना गर्नेछ ।

