

गेलको राष्ट्रिय टोलीमा पुनरागमन, उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा

काठमाडौं – वेस्ट इन्डिजको राष्ट्रिय टोलीमा क्रिस गेलले पुनरागमन गरेका छन् । श्रीलंकाविरुद्धको सिरिजका लागि घोषित वेस्ट इन्डिजको टिममा गेल परेका हुन् ।
उनी टी-ट्वान्टी टिममा छनोट भएका हुन् । टी–ट्वान्टी क्रिकेटमा आक्रामक ब्याट्सम्यान गेलले दुई वर्षपछि टिममा पुनरागमन गरेका छन् । श्रीलंका र वेस्ट इन्डिजबीच तीन खेलको टी–ट्वान्टी, तीन खेलको एकदिवसीय र दुई खेलको टेस्ट सिरिज हुनेछ ।
दुई देशबीचको टी–ट्वान्टी सिरिज मार्च ३ तारिखबाट सुरु हुनेछ । २ वर्षकाे लामो अन्तराल पछि टिममा पुनरागमन गरेका गेलले उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ ।

