

फिफा विश्वकपः युएईविरुद्ध खेल्ने नेपाली राष्ट्रिय टिम घोषणा

काठमाडाैं – फिफा विश्वकप २०२६ अन्तर्गत एसिया छनोटको दोस्रो चरणमा युएईविरुद्ध खेल्ने नेपाली राष्ट्रिय टिम घोषणा गरिएको छ।
मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले शुक्रबार अन्तिम टोली घोषणा गरेका हुन्।
नेपालले बिहीबार युएईसँग खेल्नेछ। त्यसका लागि नेपाली टिम आइतबार त्यसतर्फ जानेछ।
नेपाली टिमः
फरवार्डः अन्जन विष्ट, आयुष घलान, जिलेस्पी जंग कार्की, हिसुब थपलिया, सञ्जीव विष्ट, राजेश परियार
मिडफिल्डर : लकेन लिम्बु, उत्सव राई, कृतिश रत्न छिन्जु, मनिष डाँगी, सेसेहाङ आङ्देम्बे, निशान हमाल
डिफेन्डरः सनिश श्रेष्ठ, रोहित चन्द, अन्जन राई, आशिष चौधरी, अमृत श्रेष्ठ, एरिक विष्ट, छिरिङ लामा, योगेश गुरुङ
गोलकिपरः किरणकुमार लिम्बु, दीप कार्की, अभिषेक बराल

