कौशलटारमा देखिएको चितुवा नियन्त्रणमा


काठमाडौं – भक्तपुरको कौशलटारमा निस्किएको चितुवालाई नियन्त्रणमा लिइएको छ ।

कौशलटारस्थित एउटा घरको पर्खालको कुनामा लुकेर बसेको अवस्थामा काठमाडौ वन डिभिजन कार्यालयले उक्त चितुवालाई नियन्त्रणमा लिएको हो ।

चितुवा देखिने बित्तिकै डिभिजन वन कार्यालय भक्तपुरले काठमाडौलाई खबर गरेको थियो ।

वन अधिकृत पराजुली नेतृत्वको टोली चितुवा नियन्त्रण लिन खटाइएको थियो । चितुवा नियन्त्रणमा लिने क्रममा दुई जना घाइते भएका थिए ।

प्रतिक्रिया