मुगु सामूहिक हत्या काण्डः हत्यामा संलग्न थप १ सहित दुईजना पक्राउ, आज सार्वजनिक गर्ने


मुगु – मुगुमा एकै परिवारका चार जनाको हत्यामा संलग्न आरोपमा थप १ जना पक्राउ परेका छन् ।

प्रहरीले बुधबार मृतककै मामाको छोरालाई हत्या आरोपमा पक्राउ परेका थिए भने बिहीबार थप १ जना पक्राउ परेका हुन् ।

उनीहरूलाई आज दिउँसो पत्रकार सम्मेलन गरेर जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गर्ने तयारी गरेको छ।

पक्राउ पर्नेमा एक जना आफन्त र अर्का छिमेकी गाउँको रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।

घटनाको कारण, हत्याका आरोपीबारे विस्तृत जानकारी पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने उनले बताए। यही कात्तिक ८ गते छायाँनाथ रारा नगरपालिका–६ मुन्दुगाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा, उनका छोरा ११ वर्षीय मनोज, आठ महिनाका छोरा रहर र आठ वर्षीया छोरी अप्सराको सामूहिकरुपमा हत्या गरिएको थियो।

प्रतिक्रिया