
सन्दीपको मुद्दामा दुवै पक्षसँग बहसनोट माग, अर्को पेसी मंसिर २४ मा
काठमाडौं – नेपाली क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दामा अदालतले दुवै पक्षसँग बहस नोट माग्ने आदेश दिएको छ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश केशव घिमिरेको इजलासले बिहीबारको पेसीमा बहस नगरी दुवै पक्षसँग बहस नोट झिकाउने आदेश गरेको हो।
दुवै पक्षले बहस नोट बुझाइसकेपछि अब अर्को पेसीमा मात्रै फैसलाका लागि बहस सुरु हुने छ ।
सन्दीपविरुद्ध एक किशोरीले २०७९ भदौमा बलात्कारको आरोप लगाउँदै जाहेरी दिएकी थिइन्।
उक्त मुद्दाको पेशी मंसिर २४ मा हुने भएको छ ।



कागजपत्र |
