दाहालले सर्वोच्चलाई बुझाए अवहेलना मुद्दामा लिखित जवाफ (पुर्णपाठ)


काठमाडौँ – नेकपा अध्यक्ष पुष्पकमल दाहालले अवहेलनासम्बन्धी मुद्दामा आइतबार सर्वोच्च अदालतमा लिखित जवाफ दिएका छन् । दाहाल आइतबार बिहान ११ बजेतिर सर्वोच्च पुगेका हुन् ।

दाहालविरुद्ध सर्वोच्चमा परेको अदालतको अवहेलनासम्बन्धी रिटमाथि न्यायाधीश मनोजकुमार शर्माको इजलासले लिखित जवाफ माग गर्ने आदेश दिएको थियो । दाहालविरुद्ध अधिवक्ता समीर हायूले निवेदन दर्ता गरेका थिए ।

गत पुस ५ गते सरकारको सफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीद्वारा प्रतिनिधिसभा विघटन गर्ने घोषण गरे सँगै प्रतिनिधिसभा असंवैधानिक रुपमा विघटन भएको भन्दै सर्वोच्च अदालमा १३ बटा रिट दायर भएका थियो । उक्त रिट संवैधानिक इजलासमा सुनुवाइको क्रममा रहेका बेला विभाजित नेकपा दाहाल-नेपाल समुहले प्रतिनिधिसभा पुनस्थापनाको माग गर्दै विभिन्न चरणको सभा समारोह र र्‍यालीको प्रदर्शन गरेका थिए ।

सोही क्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गत माघमा विराटनगरमा आयोजित विरोध सभामा प्रचण्डले दिएको अभिव्यक्तिले अदालतको अवहेलना भएको दाबी गर्दै अधिवक्ता समिर हायूले मुद्दा दायर गरेका थिए ।

यद्यपी गत पुस ५ गते गरिएको प्रतिनिधिसभा विघटन विरुद्ध परेका १३ रिटमाथि संवैधानिक इजलासमा लामो बहस पछि फगुन ११ गते सर्वोच्च अदालतले ससद पुनस्थापना गर्ने आदेश दिइसकेको छ ।

प्रतिक्रिया