जाजरकोट भूकम्पपीडितलाई राष्ट्रपतिले १ महिनाको तलब दिने


काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्प पीडितलाई एक महिनाको तलब दिने भएका छन् ।

भूकम्पपीडितको सहयोगका लागि राष्ट्रपति पौडेलले एक महिनाको तलब दिने निर्णय गरेका हुन् ।

राष्ट्रपतिले भूकम्पपीडितका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा एक महिनाको तलब उपलब्ध गराउने उनको सचिवालयले जनाएको छ ।

जाजरकोट केन्द्र भई गत शुक्रबार गएको भूकम्पले जनधनको क्षति भएको थियो।

राष्ट्रपति पौडेल मंगलबार भूकम्प प्रभावित क्षेत्र पुगेर फर्किएका थिए।

प्रतिक्रिया