अध्यक्ष गौतमको सक्रियतामा धुलिखेलमा प्याराग्लाइडिङ पुनः सञ्चालन हुँदै


काभ्रे – काभ्रेको धुलिखेलमा साहसिक खेल प्याराग्लाइडिङ पुनः सञ्चालनमा आउने भएको छ । बिश्वबजार प्याराग्लाइडिङ प्रालिले प्याराग्लाइडिङको व्यवसायिक उडान गर्न लागेको हो ।

कम्पनीका सञ्चालक किरण कार्कीले धुलिखेल नगरपालिका-८ को वडाध्यक्ष बिनोद गौतमको अग्रसरतामा पुन: व्यवसायिक उडान सुरू गर्ने गरि तयारी गरिएको जनाए । यसका लागि कम्पनीले परीक्षण उडान पनि सम्पन्न गरिसकेको पनि कार्कीले बताए ।

कम्पनीले एकै समयमा पाँच वटासम्म प्याराग्लाइडिङ उडाउने गरि नागरिक उड्डयन प्राधिकरणसँग इजाजत लिइसकेको वडाध्यक्ष गौतमले जानकारी दिए ।

काभ्रे जिल्लाको पर्यटकिय नगर धुलिखेलमा प्याराग्लाइडिङको टेक अफ साइट समुद्री सतहबाट १५ सय मिटर उचाइमा छ । प्याराग्लाइडिङ टेक अफ साइटबाट करिब ३०० सय मिटर माथिसम्म उड्नेछ । यस्तै प्याराग्लाइडिङको ल्याण्डिङ स्टेशन समुद्री सतहबाट ९ सय मिटरको उचाइमा रहेको छ ।

आफैमा एउटा् पर्यटकिय गन्तब्य रहेको धुलिखेल काठमाण्डौ बाट ३० किलोमीटरको दुरिमा रहेको छ। पर्यटन क्षेत्रको विकासका लागि ब्यवसायिक रुपमा प्याराग्लाइडिङ उडान संचालन गर्न अग्रसरता लागिएको वडाध्यक्ष गौतमको भनाइ छ । उनले यहाँ बाह्य मुलुकका पर्यटक समेत आउने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया