भूकम्पपीडितलाई १ करोड ११ लाखबढी रकम दिने भाटभटेनीका सञ्चालक गुरुङको घोषणा


काठमाडौं – भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले भूकम्प पीडितलाई सहयोगको घोषणा गरेका छन् ।

गुरुङले प्रधानमन्त्री राहत कोषमा १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन् ।

शुक्रबार राति गएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा जनधनको क्षति भएपछि गुरुङले सो घोषणा गरेका हुन् ।

 

प्रतिक्रिया