प्रधानमन्त्री ओली गृह जिल्ला झापा जाँदै


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली आज (आइतवार) गृहजिल्ला झापा जाँदैछन् ।

जहाजबाट झापा जान लागेका ओली आज झापा क्षेत्र नम्बर ५ मा पुगेर पार्कको शिलान्यास गर्ने कार्यक्रम तय भएको जनाएको छ ।

ओलीले रतुवा खोलामा बनेको पुल उद्घाटन गर्ने कार्यक्रमसमेत छ। एक साता भित्र यस अघि फागुन १० गते कञ्चनपुरको दैजीछेला औद्योगिक क्षेत्र, फागुन ११ गते बाँकेको नौबस्ता औद्योगिक क्षेत्र, फागुन १३ गते रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्र र १४ गते मकवानपुरको मोतीपुर औद्योगिक क्षेत्र शिलान्यासगरिसकेका छन् ।

उनी आजै ओली आज नै काठमाडौं फर्कनेछन्।

प्रतिक्रिया