तनहुँमा बस दुर्घटना, चालकसहित ३४ जना घाइते


तनहुँ – पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिकामा शनिबार बिहान ५:१० बजे बस दुर्घटना भएको छ ।

व्यास-१२ कमलबारीमा बस दुर्घटना हुँदा ३४ जना घाइते भएका प्रहरीले जनाएको छ ।

डुम्रेबाट पोखरातर्फ आउँदै गरेको ना५ख१७५२ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भई दुर्घटना हुँदा बस चालकसहित ३४ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका डीएसपी मोहनबहादुर खाँणले बताए ।

दुर्घटनामा घाइते भएकाहरुको दमौली अस्पताल, पोखरा र चितवनमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

प्रतिक्रिया