
१ सय ठाउँमा रक्तदान कार्यक्रम गर्दै रास्वपा
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शनिबार सय ठाउँमा रक्तदान गर्दै छन् ।
रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले भोलि सय ठाउँमा रक्तदान गर्ने कार्यक्रम रहेको बताए ।
उनले भने, ‘सय ठाउँमा भोलि रक्तदान गर्ने कार्यक्रम छ । भोलि केन्द्रीय कार्यालय बनस्थलीमा पनि रक्तदान कार्यक्रम छ ।’
चाडबाडको बेलामा रक्तदानलगायत कार्यक्रम नुहँदा रगत अभाव देखिएको भन्दै नेपाल रेडक्रस सोसाइटीले रक्तदानका लागि आह्वान गरेको थियो ।



कागजपत्र |
