
विश्वकप प्रवेशका लागि नेपाललाई १३५ रनको लक्ष्य
काठमाडौं – टी–२० विश्वकप प्रवेशका लागि नेपालले १३५ रनको लक्ष्य पाएको छ ।
युएईविरुद्ध टस हारेर बलिङ गरेको नेपालले युएईलाई २० ओभरमा ९ विकेटको क्षतिमा १३४ रनमा रोक्दै १३५ रनको लक्ष्य पाएको हो ।
नेपालका लागि कुशल मल्ले ३ विकेट लिए भने सन्दीप लामिछानेले २ विकेट हात पारे । त्यस्तै सोमपाल कामी र रोहित पौडेलले १/१ विकेट लिए ।
सन्दीपले चार ओभरमा एक मेडन राख्दै १४ रन मात्र खर्चिए। कुशल मल्लले ३ ओभरमा ११ रन खर्चिए।
युएईका लागि अरविन्द भृत्यले ६४ रन बनाए भने कप्तान मुहम्मद वसिमले २६ रनको पारी खेले । त्यस्तै अलिसन सराफूले १६ रन बनाउँदा आशिफ खानले१३ रन बनाएका थिए ।



कागजपत्र |
