
कप्तान रोहितले दिलाए नेपाललाई पाँचौं सफलता
काठमाडौं – नेपालका लागि कप्तान रोहित पौडेलले पाँचौं सफलता दिलाएका छन् ।
रोहितले युएईका अलि नासिरलाई कुशल भुर्तेलको हातबाट क्याचआउट गराएका हुन् ।
अहिले युएई १६ ओभरमा १०० रनमा ५ विकेट गुमाएर खेलिरहेको छ ।
नेपालका लागि अन्य विकेट सन्दीप लामिछाने, सोमपाल कामी, कुशल मल्लले लिएका थिए भने एक जना रनआउट भएका थिए ।



कागजपत्र |
