नेपाली कांग्रेस नेता जोशीको स्वास्थ्यमा सुधार


काठमाडौं – कांग्रेस नेता नविन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा केही सुधार आएको नर्भिक अस्पतालले जनाएको छ। उपचारमा संलग्न डा. राजीव झाका अनुसार जोशीको स्वास्थ्यमा साबिकभन्दा केही सुधार देखिएको हो।

बिहान बेहोस् पार्ने औषधी हटाएर हेर्दा जोशीले दाहिने हात र खुट्टा चलाएको झाले बताए। जोशीलाई शनिबार बिहानसम्म लगातार बेहोस् पार्ने औषधी राखेर उपचार जारी राखिएको थियो।

बिहान डेढ घन्टाजति बेहोस् पार्ने औषधी नलगाई हेर्दा उनले हात र खुट्टा चलाएको झाले बताए। ‘जोशीको अवस्था गम्भीर तर थोरै भए पनि सुधारोन्मुख देखिएको छ,’ झाले भने।

जोशीलाई सघन उपचार केन्द्रमा राखेर उपचार जारी राखिएको अस्पतालले जनाएको छ।

 

प्रतिक्रिया