

गृहले गर्यो मातहतका ४० उपसचिवको सरुवा

काठमाडौं – गृह मन्त्रालयले मातहतका ४० उपसचिवको सरुवा गरेको छ।
सरुवा हुनेमा केही जिल्लाका प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी पनि रहेका छन्।
मापदण्डअनुसार अवधि पुगेका र सरुवा मागेकामध्ये ४० जनाको सरुवा गरेको गृह मन्त्रालयले जनाएको छ।

