

विश्वकप क्रिकेटः श्रीलंकाविरुद्ध दोस्रो बलमै भारतीय कप्तान रोहित आउट

काठमाडौं – विश्वकप क्रिकेटअन्तर्गतको खेलमा भारतीय कप्तान रोहित शर्मा दोस्रो बलमा नै आउट भएका छन् ।
भारतको वाङ्खडे क्रिकेट मैदानमा श्रीलंकाविरुद्ध टस हारेर ब्याटिङ सुरु गरेको भारतले खेलको दोस्रो बलमा नै विकेट गुमाएको हो ।
खेलको पहिलो बलमा चौका हानेका रोहित श्रीलंकाली बलर दिल्सान मधुशंकाको दोस्रो बलमा बोल्डआउट भएका थिए ।

