काठमाडौँ चलचित्र सहरको रूपमा छनौट


काठमाडौँ – चलचित्र विधाबाट काठमाडौँ युनेस्कोको रचनात्मक सहर सञ्जाल (क्रियटिभ सिटीज नेटवर्क) मा जोडिएको छ ।

रचनात्मक सहरका लागि तोकिएका ७ क्षेत्रमध्ये काठमाडौँ महानगरपालिकाले चलचित्र विधा छानेको थियो ।

युसीसीएन (युनेस्को क्रियटिभ सिटीज नेटवर्क) मा आबद्ध हुन शिल्प तथा लोककला, सङ्गीत, चलचित्र, साहित्य, ग्यास्ट्रोनमी (खानाका परिकार), मिडिया कला र डिजाइनमध्ये कुनै एउटा विधालाई छान्नुपर्ने प्रबन्ध थियो । यीमध्ये महानगरपालिकाले चलचित्र विधा छानेको हो ।

सञ्जालमा १ सय भन्दा धेरै देशका ३५० वटा सहरहरू आबद्ध छन् । यस पटक ५५ वटा सहर थपिएका हुन् । रचनात्मक सहरका सबै विधाहरू काठमाडौँसँग सम्बन्धित छन् । चलचित्र विधाबाट सबै क्षेत्र समेट्न सकिने भएकोले महानगरपालिकाले यो विधा छानेको काठमाडौँ महानगरपालिकाको प्रवक्ता नवीन मानन्धरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया