नेपालमा लगानी बढाउन अमेरिकी वित्तमन्त्रीसँग परराष्ट्रमन्त्री साउदको आग्रह


वाशिङ्टन डीसी – अमेरिकाको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले अमेरिकी विकास वित्त निगमका प्रमुख कार्यकारी अधिकृत स्कट नाथनसँग भेटवार्ता गरेका छन्। मंगलबार उनीहरूबीच नेपालमा लगानीका विषयमा छलफल भएको बताइएको छ।

मन्त्री साउदले निगममार्फत अमेरिकाका निजी क्षेत्रलाई नेपालमा लगानी बढाउन प्रेरित गर्न आग्रह गरे। निमगका प्रमुख कार्यकारी अधिकृत नाथनले नेपालको आर्थिक विकासमा निगमको लगानी वृद्धिसम्बन्धी दृष्टिकोण र सम्भावित क्षेत्रबारे धारणा राखे।

अमेरिकी सरकारमातहत रहेको निगमले अहिले ११० देशमा ३६ अर्ब ४५ करोड डलर लगानी गरेको छ । साथै निगमले पुँजीगत लगानीमार्फत निजी क्षेत्रको विकासका लागि वित्तीय उपकरण परिचालन गर्दै आएको छ।

 

प्रतिक्रिया