नेपाललाई जितका लागि १६६ रनको लक्ष्य


काठमाडौं – आईसीसी टी–२० छनोट अन्तर्गतको दोस्रो खेलमा नेपालले जितका लागि १६६ रनको लक्ष्य पाएको छ ।

टस हारेर मलेशियाविरुद्ध बलिङ गरेको नेपालले मलेशियालाई २० ओभरमा ९ विकेटको क्षतिमा १६५ रनमा रोकेपछि उक्त लक्ष्य पाएको हो ।

नेपालका लागि अविनाश बोहोराले ४ विकेट लिएका थिए  ।

त्यस्तै नेपालका लागि सन्दीप लामिछाने, गुल्सन झा र रोहित पौडेलले १/१ विकेट लिएका थिए भने मलेशियाका २ जना खेलाडी रनआउट भएका थिए ।

मलेशियाका लागि सायद अजिजले ६८ रनको विस्फोटक पारी खेलेका थिए । त्यस्तै जुबेदी जुल्किप्mलेले २४ रन बनाउँदा श्रविन मुनैन्दीले र विजय उन्नीले १३/१३ रन बनाए । नेपालले मलेशियालाई १६ अतिरिक्त रन दिएको थियो ।

नेपालका लागि करण केसी सर्वाधिक महंगो सावित भए । उनले १० ओभरमा ४२ रन दिए पनि कुनै पनि विकेट लिन सकेनन् ।

त्यस्तै सोमपाल कामीले २ ओभरमा १८ रन खर्चिँदा कुशल मल्लले १ ओभरमा १० रन खर्चिए ।

नेपालका लागि अविनाश बोहोराले ४ ओभरमा २७ रन खर्चिएर ४ विकेट हात पारेका हुन् ।

 

प्रतिक्रिया