
आइसिसी टी-२० विश्वकप छनोटः मलेशियाविरूद्ध पहिले बलिङ गर्दै नेपाल
काठमाडाैं – आइसिसी टी-२० विश्वकप छनोटमा नेपालले आज दोस्रो खेल मलेसियासँग खेल्दैछ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने खेलमा टस जितेको मलेसियाले ब्याटिङ रोजेपछि नेपालले पहिले बलिङ गर्दैछ।
नेपाली टिममा कुनै परिवर्तन गरिएको छैन ।
समूह ‘ए’ मा रहेको नेपालले सोमबार भएको पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले पराजित गरेको थियो।
नेपालले आजको खेल जिते नेपाल सेमिफाइनल पुग्नेछ। नेपालसँगै ओमान पनि समूहबाट अन्तिम चारमा पुग्नेछ।
समूह चरणको आफ्नो अन्तिम खेल नेपालले ओमानसँग पर्सी खेल्नेछ।
नेपाललाई विश्वकप एसिया छनोटको उपाधि दाबेदारका रूपमा हेरिएको छ। प्रतियोगिताको फाइनल पुग्ने टिम अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी-२० विश्वकप खेल्नेछ।



कागजपत्र |
