

मन्त्री किरातीले भेटे भालु आक्रमणमा परी गम्भीर घाइते राईलाई

काठमाडौँ – संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले भालुको आक्रमणबाट गम्भीर घाइते अमृत राईलाई भेटेका छन्।
भोजपुर खार्ताम्छा निवासी ३२ वर्षीय अमृत राई भालुको आक्रमणमा परि गम्भीर घाइते भएका थिए। विपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारत थिए। डाक्टरले उनको शल्यक्रिया गरेको थियो।
आज मन्त्री किरातीले उनलाई अस्पतालमै पुगेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिई स्वास्थ्यलाभको कामना गरेका छन।
किरातीले अस्पतालमा राईको स्वास्थ्य अवस्थाबारे बुझ्नका साथै प्रतिष्ठानको समसामयिक समस्याबारेमा सम्बद्ध अधिकारीसँग छलफल गरेको बताएका छन्।

