
नेपाली बजारमा प्याजको मूल्य वृद्धि हुने
काठमाडौँ – नेपाली बजारमा प्याजको मूल्यवृद्धि हुने देखिएको छ ।
भारतमा प्याजको मूल्यवृद्धि भएसँगै नेपालमा पनि यसको प्रत्यक्ष प्रभाव पर्ने देखिएको हो ।
भारतीय सञ्चार माध्यमका अनुसार प्रतिकिलो ५० रुपैयाँमा बिक्री हुँदै आएको प्याजको मूल्य १५ दिनमा वृद्धि भएर ७० रुपैयाँ पुगेको छ ।
नेपाली बजार तथा भान्सा प्याजका लागि मुख्य गरी भारतमाथि नै निर्भर छ ।
उता मूल्यवृद्धि हुँदा यता प्रत्यक्ष असर पर्ने कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक डा. महादेव प्रसाद पौडेलले बताए ।



कागजपत्र |
