

नेपाल-बंगलादेश चौथो युवा सम्मेलन हुँदै

काठमाडौं – नेपाल–बङ्गलादेश युवाहरूको चौथो सम्मेलन काठमाडौँमा आज शुरु हुँदैछ ।
युवा विकास केन्द्र र साउथ एसिया पार्टनरसिप (साप) नेपालको आयोजना तथा बङ्गलादेश राजदूतावास, नेपाल पर्यटन बोर्ड र राष्ट्रिय युवा परिषद्को सहकार्यमा सम्मेलन हुन लागेको हो ।
सम्मेलनमा दुई देशको व्यापारका सम्बन्धमा युवाको भूमिकाका विषयमा छलफल हुने आयोजक प्रतिनिधि अभिनव चौधरीले जानकारी दिए ।
सम्मेलनमा द्विपक्षीय सम्बन्ध विस्तार र कोभिडपछिको अवस्थामा जनस्वास्थ्यमा कसरी सहकार्य गरेर अघि बढ्न सकिन्छ भन्ने विषयमा पनि छलफल हुनेछ ।
सम्मेलनमा २५ बङ्गलादेशी युवासहित ६५ जनाको सहभागिता रहने आयोजकले जनाएको छ ।

