

अमेरिकामा अज्ञात बन्दुकधारीले गरे १६ जनाको हत्या

काठमाडौँ – अमेरिकाको मेन राज्यस्थित ल्युस्टन सहरमा एक अज्ञात बन्दुकधारीले गोली हानी हालसम्म १६ जनाको हत्या गरेका छन्।
ती बन्दुकधारीको प्रहरीले खोजी गरिरहे पनि फेला पार्न सकेका छैनन्। यस घटनामा अन्य ५० जना भने घाइते भएको बीबीसीले जनाएको छ।
प्रहरीले आफू बसेको ठाउँबाट अन्त नगइ त्यहीँ सुरक्षित रहन अपिल गरेको छ ।

