पारा एसियाली खेलकुदमा नेपालले जित्यो कास्य पदक


काठमाडौं – पारा एसियाली खेलकुदमा नेपालले ऐतिहासिक कास्य पदक जितेको छ।

नेपालकी तेक्वान्दो खेलाडीले पलेशा गोबर्धनले चीनको हाङचोउमा जारी पारा एसियाली खेलकुदमा कास्य जितेकी हुन्।

पलेशाले नेपालका लागि पारा एसियाली खेलकुदमा पहिलो पदक जितेकी हुन्। जारी पारा एसियाली खेलकुदमा बाँकी खेलाडीले पदक जितेका छैनन्।

उनले के ४२ अन्तर्गत माइनस ५७ केजी विधामा प्रतिस्पर्धा गरेकी थिइन्। नेपालबाट पारा एसियाली खेलकुदमा यो नै पहिलो सहभागिता हो।

पलेसाले पहिलो चरणमा चीनकी याङ लिटिङलाई हराइन्। फाइनल पुग्न कजाखस्तानसँगको प्रतिस्पर्धामा भने नेपाल १० १६ ले पराजित भयो।

प्रतिक्रिया