नेपाल सहित ३ देश विकासशील मुलुकमा स्तरोन्नति हुँदै


काठमाडौँ – नेपाल सहित तीन देश विकासशील मुलुकमा स्तरोन्नति हुने भएका छन् । संयुक्त राष्ट्रसङ्घ विकास नीतिसम्बन्धी समितिले नेपाल, लाओस र बङ्गलादेशलाई अतिकम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुन सिफारिस गरेको हो ।

नेपाल पाँच वर्षपछि सन् २०२६ मा विकासशील राष्ट्रको सूचीमा उक्लिने भएको छ । सामान्यतयाः स्तरोन्नति तयारीका लागि ३ वर्षको अवधि दिइने भएपनि नेपालले ५ वर्षको अवधि पाएको छ । सीडीपीले ३(३ वर्षमा गर्दै आएको मूल्यांकन यही फ्रेब्रुअरी २२ देखि २६ सम्म चलेको थियो । नेपालले आयको स्तरबाहेक अन्य दुई मापदण्डमा यसअघिका दुईओटा समीक्षादेखि नै मापदण्ड पूरा गरिसकेको उल्लेख गर्दै स्तरोन्नति हुन सुझाएको हो । प्रतिव्यक्ति आय, मानव सम्पत्ति सूचकांक र आर्थिक जोखिम सूचकांकमध्ये नेपालले पछिल्लो दुई मापदण्ड पूरा गरेर स्तरोन्नतिका लागि योग्य भएको हो ।

सीडीपीको सिफारिसपछि राष्ट्रसंघीय आर्थिक एवं सामाजिक परिषद् (इकोसोक) र राष्ट्रसंघको महासभाले स्वीकार गरेर अन्तिम निर्णय गरेपछि नेपाल विकासशील देश बन्ने औपचारिक ढोका खुल्नेछ । यद्यपि, औपचारिक रूपमा विकासशील देशको सूचीमा उक्लिन तीन वर्षपछि सन् २०२४ मा हुने सीडीपीको अर्को समीक्षामा तोकिएको मापदण्डमा समेत नेपाल उत्तीर्ण हुनुपर्नेछ ।

संयुक्त राष्ट्रसंघीय निकायको नीतिअनुसार, हरेक तीन वर्षमा हुने समीक्षामा लगातार दुई पटक तोकिएका मापदण्डमा सफल देश मात्र विकासशील देशमा उक्लिन्छन् ।

प्रतिक्रिया