युक्रेन मेल डिपोमा रुसी हमलामा ६ को मृत्यु


काठमाडौँ – युक्रेनको उत्तरपूर्वी खार्किभ क्षेत्रमा उक मेल डिपोलाई निशाना बनाउँदै रुसले गरेको आक्रमणमा परी ६ जनाको मृत्यु भएको छ।

शनिबार रुसले मिसाइल आक्रमण गर्दा कम्तीमा हुलाकका ६ जना कर्मचारी मारिएको र अन्य १६ जना घाइते भएको अधिकारीहरूले बताएका छन्।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सामाजिक सञ्जालमा राखेको भिडियोमा भग्नावशेषले घेरिएको क्षतिग्रस्त गोदाम र युक्रेनको हुलाक अपरेटर नोभा पोश्ताको लोगासहितको एउटा कन्टेनर देखिन्छ।

घाइतेको अस्पतालमा उपचार भइरहेको छ। गभर्नर सिनेगुबोभका अनुसार सात जनाको अवस्था गम्भीर छ।

 

प्रतिक्रिया