

विश्वकप क्रिकेटः कोहलीको शतकसँगै बंगलादेशविरुद्ध भारतको जित

काठमाडौं – विश्वकप क्रिकेटअन्तर्गतको खेलमा बंगलादेशविरुद्ध भारतले जित हात पारेको छ ।
२५७ रनका लक्ष्य पछ्याएको भारतले विराट कोहलीको शतकका साथ ७ विकेटको जित हात पारेको हो ।
भारतका लागि कप्तान रोहित पौडेल ४८ रनमा आउट हुँदा केएल राहुल भने ३४ रनमा नटआउट रहे ।
भारतका लागि विराट कोहलीले ९७ बलमा १०३ रनको नटआउट पारी खेले ।
त्यसबाहेक भारतका लागि शुभमन गिलले ५३ रन बनाए भने श्रेयस ऐयर १९ रनमा आउट भए ।
त्यसअघि ओपनर लिटन दासको ६६ रन र तनजिद हसनको ५१ रनको पारीसँगै बंगलादेशले ५० ओभरमा ८ विकेटको क्षतिमा २५६ रन बनाएको थियो ।
त्यसबाहेक बंगलादेशका लागि मुसिफिक्यूर रहिमले ३६ रन बनाए भने महमदुल्लाले ४६ रन बनाएका थिए ।

