

भोलि झापा जाँदै ओली

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यस पटकको विजया दशमीको टीका नलगाउने भएका छन् ।
ठुलीआमाको यसैवर्ष निधन भएकाले ओली परिवारमा टीकाटालो नहुने सचिवालयले जनाएको छ ।
आफूले टीका नलगाउने भएपछि उनले कार्यकर्तालाई पनि नलगाइदिने भएका छन् ।
भोलि झापा जाने तयारीमा रहेका उनी नवमीको दिन काठमाडौँ फर्किने सचिवालयले जनाएको छ ।

