

त्रिकोणात्मक टी–२०ः हङकङविरूद्ध नेपालको ६ विकेटको जित

काठमाडौं – त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा घरेलु टोली नेपालले लगातार दोस्रो जित हात पारेको छ ।
बिहीबार भएको खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गर्यो ।
टस जितेर बलिङ रोजेको नेपालले हङकङलाई केबल ९४ रनमा सीमित गरेको थियो । नेपालले १३.५ ओभरमा लक्ष्य पूरा गर्यो । नेपालका आसिफ शेखले सर्वाधिक ४२ रन बनाए ।
त्यस्तै कप्तान रोहित पौडेलले २५ रन बनाए भने गुल्सन झाले १४ रन बनाए ।
नेपालका लागि कुशल भुर्तेलले ८ रन बनाएका थिए भने कुशल मल्लले १ रन र सन्दीप जोरा ३ रन बनाउँदै आउट भएका थिए ।
हङकङका लागि इशान खानले ३ विकेट लिएका थिए ।
त्यसअघि करण केसीको चार विकेटको मद्धतले नेपालले ९५ रनको लक्ष्य पाएको थियो । त्यस्तै नेपालका लागि सोमपाल कामी र अविनाश बोहोराले २/२ विकेट लिएका थिए ।

