एसिसी प्रिमियरः साउदीविरूद्ध नेपालको शानदार ब्याटिङ, अर्जुनले बनाए १३८ रन


काठमाडौं – एसिसी यू–१९ प्रिमियर कपमा ओपन अर्जुन कुमालले शतक बनाएका छन्।

समूह चरणको तेस्रो तथा अन्तिम खेलमा नेपालका ओपनर अर्जुनले शतक बनाएका हुन्।

मलेसियाको वाइएसडी युकेएम ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालका लागि अर्जुनले ९४ बलमा ११ चौकासहित शतक बनाएका थिए । उनी १३८ रन बनाएर आउट भए ।

त्यस्तै नेपालका आकाश त्रिपाठीले अर्धशतक प्रहार गरेका छन्। उनले ७३ रन बनाएका थिए। नेपालले २६० रन बनाउँदा ३ विकेट गुमाएर खेलिरहेको छ । खेलको ३८ औं ओभरमा नेपालले २ विकेट गुमाएको छ । नेपालका कप्तान देव खनाल शुन्य रनमा आउट भए । अहिले नेपालका त्रिपाठी र दिपकप्रसाद डुम्रेले ब्याटिङ गरिरहेका छन् ।

नेपालका दीपक बोहरा २९ रन बनाएर आउट भएका थिए।

 

प्रतिक्रिया