होटल मेची क्राउनलाई ‘साउथ एसियन ट्राभल अवार्ड २०२३’


झापा – झापाको धुलाबारीमा सञ्चालित पाँचतारे होटल मेची क्राउन ‘साउथ एसियन ट्राभल अवार्ड २०२३’ बाट सम्मानित भएको छ ।

नेपाल, भारत,बंगालादेश, श्रीलंका,माल्दिभ्स, भुटानका करिब २ सय वटा होटेलहरूकाबीच भएको प्रतिस्पर्धाबाट लीडिङ एण्ड वेडिङ तथा कन्फ्रेरेन्स होटल/रिसोर्ट क्षेत्रमा मेची क्राउनले अवार्ड जितेको हो ।

होटलका तर्फबाट सो अवार्ड सहायक प्रबन्धक निरंजन श्रेष्ठ ग्रहण गरेका थिए । दक्षिण एसियाका दर्जनौ होटलहरुलाई पछाडि पार्दै मेची क्राउनले उत्कृष्ट अवार्डको ताज हात पारेको उनले जानकारी दिए ।

अवार्ड प्राप्त गरेपछि आफुहरुलाई थप जिम्मेवार बनाएको होटल मेची क्राउनका सञ्चालक बलराम सापकोटाको भनाई छ ।

2 nirajan

सन २०१६ बाट बाट सुरु भएको अवार्ड यस वर्ष १० अक्टोबरमा भारतमा सम्पन्न भएको थियो । होटल वातावरण मैत्री हिसाबले सेवा दिइरहेको सञ्चालक सापकोटाकाले बताए ।

होटलका सञ्चालक सापकोटाका अनुसार ५० करोड बढी लगानीमा सयवटा कोठा थप्न हाल होटलको भवन निर्माणको काम धमाधम भइरहेको छ । विवाह र पार्टीको सिजनमा रूम अपुग हुन थालेपछि सयवटा रूम थप्न लागिएको उनले जानकारी दिए । हरेक वर्ष पर्यटन तथा हस्पिटालिटी क्षेत्रमा क्रियाशील विभिन्न कम्पनीलाई बिभिन्न विधामा अवार्ड दिइंदै आएको छ ।

हाल होटलमा एक सय ५ वटा कोठा छन् । जसमा पाँच वटा स्विट, पाँच वटा भिला र ९५ वटा डिलक्स छन् । यी सबै कोठामा गरेर एकपटकमा १६० जना बस्न सक्ने क्षमता छ । झापाको भद्रपुर विमानस्थलबाट १७ किलोमिटर र भारतको बागडोग्रा विमानस्थलबाट २५ किलोमिटर दुरीमा रहेको यो होटल २०७८ साल वैशाख १ गतेबाट सञ्चालनमा आएको हो ।

प्रतिक्रिया